कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सार्वजनिक वक्तव्यमाथि प्रश्न गर्न पाउनुपर्ने कांग्रेसको अडान, छायाँ सरकार गठन गर्ने

रासस

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्रीको सार्वजनिक वक्तव्यमाथि प्रतिनिधिसभामा प्रश्न गर्न पाउनुपर्ने अडानलाई यथावत् राखेको छ । कांग्रेस संसदीय दलको मंगलबारको बैठकले प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखले सांसदलाई नियमानुसार प्रधानमन्त्रीको वक्तव्यमाथि संसद्‌मा प्रश्न सोध्न नदिएको निष्कर्ष निकालेको छ ।

सार्वजनिक वक्तव्यमाथि प्रश्न गर्न पाउनुपर्ने कांग्रेसको अडान, छायाँ सरकार गठन गर्ने

बैठकले आइतबार जुन प्रक्रियादेखि बैठक अन्त्य गरिएको हो त्यहीँबाट प्रतिनिधिसभाका आगामी बैठक आरम्भ हुनुपर्ने माग गरेको कांग्रेस सचेतक पुष्पा भुसालले बताइन् ।


दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बैठकमा आइतबारको घटनाका सम्बन्धमा विस्तृत जानकारी गराएका थिए । कांग्रेसले प्रतिनिधिसभा नियमावलीअनुसार सवाल–जवाफ गर्न नपाएको भन्दै आइतबारको संसद् बैठक अवरुद्ध गरेको थियो । कांग्रेसको अवरोधका बाबजुद सभामुखले संसद् बैठक प्रक्रिया अघि बढाएका थिए । साथै दलको बैठकमा संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउन छायाँ सरकार गठन गर्ने र सांसदलाई विषयगत जिम्मेवारी तोक्ने विषयमा समेत छलफल भएको थियो ।


बैठकमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सरकारका कमीकमजोरी र जनचासोका विषयमा खबरदारी गरिरहन निर्देशन दिएका थिए । प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिनको १ बजे बस्दैछ ।


प्रकाशित : पुस २४, २०७५ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?