२०७५ मा काटिएका बिदा २०७६ पुनर्स्थापित

काठमाडौँ — सरकारले २०७६ सालका लागि १२ दिन सार्वजनिक बिदा थप गर्ने भएको छ । बिदा पुनरावलोकन गर्न गठित कार्यदलले विभिन्न समुदायका गरी कुल १२ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव सरकारसक्षम पेस गरेको छ ।

२०७५ मा काटिएका बिदा २०७६ पुनर्स्थापित

उक्त कार्यदलमा गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी सदस्य थिए ।


उनीहरुले किराँत चाड उभौली (बु्द्ध पूर्णिमा ) र उधौलीका लागि २, इद उल फित्र, बकर इद र मोहम्मद जयन्तीमा ३, क्रिसमसमा १, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारमा ३, छठ पर्वमा १, ऋषि पञ्चमी (महिलालाई मात्रै) १, माघी पर्वमा १ र जनै पूर्णिमामा १ दिन गरी १२ दिन थप गर्न प्रस्ताव गरेको हो ।

यो पनि पढ्नुहोस् : १२ दिन सार्वजनिक बिदा कटौती, संविधान दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाइने

केपी ओली नेतृत्वको सरकार बनेसँगै विभिन्न समुदायले मनाउने गरी कुल १२ दिन सार्वजनिक बिदा कटौती गरेको थियो । तिनै बिदा पुनर्स्थापित गर्न कार्यदलले सरकारलाई सुझाव दिएको हो । गत चैतमा मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा बिदा कटौतीको निर्णय गरेको थियो । अनावश्यक सार्वजनिक बिदाले सरकारी कामकाज नै प्रभावित भएको भन्दै सरकारले बिदा कटौती गरेको थियो ।

प्रकाशित : पुस १९, २०७५ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?