कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

इन्धनको मूल्य दुई रुपैयाँ घट्यो

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्यमा दुई रुपैयाँ घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि बुधवार राति १२ बजेदेखि मूल्य घटाएको हो ।

इन्धनको मूल्य दुई रुपैयाँ घट्यो

‘भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेलको साबिकको खुद्रा मूल्य २ रुपैयाँको दरले घटाएका छौ,’ निगमका प्रवक्ता बिरेन्द्र गोइतले भने, ‘नयाँ मूल्य बुधवार राती १२ बजेदेखि लागू हुनेछ ।’


उनले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल/डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँ घटाएको बताए । नयाँ मूल्य सूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ८ रुपैयाँ, डिजेल र मटि्टतेल प्रतिलिटर ९५/९५ रुपैयाँ पुगेको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल र मटि्टतेल र हवाई इन्धनमा निगमलाई नाफा छ । एलपी ग्यासमा भने घाटा रहेको निगमको दाबी छ ।


स्वचालित मूल्य २०७१ असोजबाट लागू भएको थियो । आयल निगम अत्यधिक घाटामा गएपछि सरकारले स्वचालित मूल्य लागू गरेको थियो । स्वचालित मूल्य अनुसार भारतीय आयल निगम (आइओसी)ले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ । सोही अनुसार मूल्य समायोजन गर्दे आएको निगमको दाबी छ ।

प्रकाशित : पुस १८, २०७५ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?