कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कर्मचारीलाई कारवाहीको चेतावनी 

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन अध्यादेशका विरुद्धमा आन्दोलित कर्मचारीलाई आचरण र अनुशासन सम्झाउँदै कारवाहीको चेतावनी दिएको छ ।

कर्मचारीलाई कारवाहीको चेतावनी 

विज्ञप्ति जारी गर्दै मन्त्रालयले सामाजिक सञ्जाल, पत्रपत्रिका तथा लेखरचनामार्फत सरकार, मन्त्री तथा सचिवको गरिमामा आँच आउने गरी कर्मचारीहरुले दिइरहेको अभिव्यक्तिको अभिलेख राखिएको उल्लेख गरेको छ । भ्रामक, आवाञ्छित र दूराशययुक्त क्रियाकलाप गर्ने कर्मचारीलाई निजामती सेवा ऐन/नियम तथा विद्युतीय कारोबार ऐनअनुसार कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ ।


प्रवक्ता एवं सहसचिव सुरेश अधिकारीद्वारा जारी विज्ञप्तिमा समायोजन प्रक्रियामा सहयोग गर्न सबै कर्मचारीलाई आग्रह गरिएको छ ।


प्रकाशित : पुस १७, २०७५ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?