कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कांग्रेस नेताद्वयको आरोप, 'ओली नेतृत्वको सरकार संघीयताविरोधी'

श्यामसुन्दर शशी

सिरहा — कांग्रेस उपसभापति विमलेन्द्र निधिले केपी ओली नेतृत्वको सरकार संघीयताविरोधी भएको आरोप लगाएका छन् ।  ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सिरहाले अरनेबामा सोमबार गरेको कार्यक्रमलाई संबोधन गर्दै उनले सरकारको विरोधमा आन्दोलन गर्नुपर्ने बताए ।

कांग्रेस नेताद्वयको आरोप, 'ओली नेतृत्वको सरकार संघीयताविरोधी'

त्यस्तै केन्द्रीय सदस्य प्रदीप गिरीले पनि वर्तमान सरकार संघीयताप्रति अनुदार रहेको आरोप लगाए । उनले भ्रष्टाचार, सरकारी ढिलासुस्तीविरुद्ध आन्दोलन गर्नुपर्ने बताए ।


उपसभापति निधिले निर्मला पन्तका हत्यारालाई सरकारले संरक्षण दिएको आरोप पनि लगाए ।

प्रकाशित : पुस १६, २०७५ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?