कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

समायोजन फाराम भर्न कर्मचारीलाई २१ दिनको सूचना 

कर्मचारीले उठाएका माग संघीय निजामती ऐनमा समावेश गरिने 

काठमाडौँ — सरकारले कर्मचारी समायोजनका लागि बुधबार आवेदन खुला गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइनमार्फत् कर्मचारीले समायोजन आवेदन भर्न सक्ने व्यवस्था मिलाएको छ । फारम भर्न २१ दिनको समय दिइएको छ । कर्मचारीले मन्त्रालयको वेबसाइट समायोजन डट जिओभी डटकममार्फत फारम भर्न सक्नेछन् ।  

समायोजन फाराम भर्न कर्मचारीलाई २१ दिनको सूचना 

मन्त्रालयले १ लाख ३८ हजार १ सय ७८ जना कर्मचारीको समायोजनका लागि बुधबार आवेदन खुला गरेको हो । त्यसअघि मन्त्रालयले पत्रकार सम्मेलन गरी अध्यादेशमा निजामती कर्मचारीले उठाएका विषयमा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गरेको थियो ।


समायोजनका लागि मन्त्रालयले चार वटा छुट्टाछुट्टै सूचना प्रकाशित गरेको छ । मन्त्रालयले सरकारी सेवाका कर्मचारी, साविकका जिल्ला विकास समितिको सेवामा स्थायी नियुक्ति पाएर अहिले जिल्ला समन्वय समिति वा अन्य कुनै स्थानीय तहमा कार्यरत कर्मचारी, प्रदेश वा स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग, प्रतिष्ठान वा यस्तै प्रकृतिका संगठित संस्थाका स्थायी कर्मचारी र संघ, प्रदेश र स्थानीय तहको नयाँ संगठन संरचनामा दरबन्दी कायम नभएका पदका कर्मचारीका लागि आवेदन खुलाएको हो ।


सरकारले संघ, प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दी पनि स्वीकृत गरेको छ । संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरिएको कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका प्रमुख केदारप्रसाद पनेरुले बताए ।


सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कसैलाई भेदभाव नगरी समायोजन गर्ने बताएका छन् । ‘सफ्टवेयरकै माध्यमबाट कर्मचारीको समायोजन हुन्छ’ उनले भने, ‘कसैलाई भेदभाव गरिन्न ।’ समायोजन अध्यादेशमा सहसचिवसम्म मात्र समायोज हुने व्यवस्था गरिएको छ ।

प्रकाशित : पुस ११, २०७५ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?