३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

राजपाका नेताहरुको समर्थन फिर्ता लिने चेतावनीपछि प्रधानमन्त्रीले भने, 'एक हप्ता पर्खनुस्' 

टीकाराम तामाङ

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले एक हप्ता पर्खन राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । आफ्ना मागहरु पूरा नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएका राजपा नेताहरुलाई मंगलबार बालुवाटार बोलाएर ओलीले उक्त आग्रह गरेका हुन् ।

राजपाका नेताहरुको समर्थन फिर्ता लिने चेतावनीपछि प्रधानमन्त्रीले भने, 'एक हप्ता पर्खनुस्' 

भेटमा सहभागी राजपा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादवले कान्तिपुरसित भने, 'हाम्रा मागका सम्बन्धमा कुरा भयो, ठोस धारणा माग्यौं तर प्रधानमन्त्रीले एक हप्ता समय दिनुस् भन्नु भएको छ ।'


राजपाले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई रिहा गरेर शपथ खुवाउनुपर्ने र आन्दोलनका बेला आफ्ना नेता तथा कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता गराउनु पर्ने, घाइतेको उपचार, पीडितलाई क्षतिपूर्ति दिनुपर्ने, संविधान संशोधनलगायत माग राखेको छ । सोही माग पूरा नगरेको भन्दै राजपा नेताहरुले सार्वजनिक रुपमै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी दिँदै आएका छन् ।

यो पनि पढ्नुहोस् : सरकारलाई दिएको समर्थन फिर्ता लिने : महतो

राजपा नेता कर्णको चेतावनी, 'चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं'

प्रधानमन्त्रीलाई भेट्न राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, सदस्यहरु महन्थ ठाकुर, शरदसिंह भण्डारी, महिन्द्र राय यादव, राजकिशोर यादव र अनिलकुमार झा बालुवाटार पुगेका थिए ।


प्रकाशित : पुस १०, २०७५ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?