२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

देशलाई समृद्ध बनाउन अभियान नै चलाउनुपर्ने : दाहाल

चितवन — नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले देशलाई समृद्ध बनाउन सामान्य भन्दा अभियानात्मक रूपले अघि बढ्नु पर्ने बताएका छन् । 

देशलाई समृद्ध बनाउन अभियान नै चलाउनुपर्ने : दाहाल

चितवन पारस नगरमा सहिद स्मृति माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई समृद्ध बनाउनका लागि अभियान नै सञ्चालन गरेर अघि बढ्नुपर्ने बताए ।


अध्यक्ष दाहालले भने,‘अहिले बसिरहेको हाम्रो पार्टीको स्थायी समिति बैठकमा दुई महिना तुरुन्तै अभियान चलाउने र देशभरि जनतालाई र पार्टीका नेता तथा कार्यकर्तालाई साथै अन्य राजनीतिक दलहरूलाई पनि समृद्धिको यात्रामा सँगसँगै सहभागी गराउने तिर योजना बनाउँदै छौँ ।’


उनले केही समयदेखि सामुदायिक विद्यालय खस्किँदै जाने, निजी र व्यापारिक विद्यालयहरू फस्टाउँदै जाने रोग लागेकोमा दुईचार वर्ष यता फेरि सामुदायिक विद्यालय पनि प्रतिस्पर्धामा आफूलाई खरो उर्ताने प्रक्रियामा आएको बताए ।


दाहालले भने,‘अहिले हाम्रो पार्टी र सरकारले निर्वाचनको बेला घोषणा पत्रमा भने बमोजिम सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने कुरा र विद्यालयको शिक्षा बेरोजगार पैदा गर्ने शिक्षा नहोस् भनेर प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै जाने प्रक्रियामा रहेका छौँ ।’

प्रकाशित : पुस ५, २०७५ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?