कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

समन्वयका लागि सातै प्रदेशमा छलफल गर्ने निर्णय

रासस

काठमाडौँ — राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले राज्यको तहगत संरचनाको समन्वय गर्ने सन्दर्भमा सातै प्रदेशमा निकट भविष्यमै छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । 

संघ, प्रदेश र स्थानीय तहमा कानुन निर्माण लगायत कतिपय विषयमा समन्वयका विषयमा प्रश्न उठाइरहेको बेला समितिको सोमबारको बैठकले विज्ञ सहितको सहभागितामा सातै प्रदेशमा छलफल र अन्तरक्रिया गर्ने निर्णय गरेको सभापति दिलकुमारी रावलले जानकारी दिइन् ।


समितिका पदाधिकारीले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रियमा विमानस्थल निर्माणका सम्बन्धमा उठेका प्रश्न र निर्माण प्रगतिका सम्बन्धमा स्थानीयवासीसँग गरेको छलफल सम्बन्धी प्रतिवेदन बुधवार सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।


समितिका पदाधिकारीले केही दिनअघि उक्त विमानस्थलको स्थलगत निरीक्षण गरेको थियो । विमानस्थल निर्माणका सम्बन्धमा वातावरण र रूख कटानका विषय जोडेर विभिन्न टीकाटिप्पणी हुँदै आएको छ ।

प्रकाशित : पुस ३, २०७५ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?