कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

संसद् अधिवेशन चाँडै बोलाउने तयारी : उपसभामुख तुम्बाहाम्फे

काठमाडौँ — उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद् अधिवेशन चाँडै बोलाउने तयारी भइरहेको बताएकी छन् । करिब एक महिने बेलायत भ्रमण सकेर शुक्रबार स्वदेश फर्केकी उपसभामुख तुम्बाहाम्फेले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग संसद् बैठक बोलाउने तयारी भइरहेको बताइन् । 

संसद् अधिवेशन चाँडै बोलाउने तयारी : उपसभामुख तुम्बाहाम्फे

उनी बेलायतमा महिलाहरुलाई मताधिकार प्रदान गरिएको सय वर्ष पुगेको सन्दर्भमा नोभेम्बर ८ र ९ मा लन्डनमा महिला सांसदहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट सहभागिता जनाउन त्यसतर्फ गएकी थिइन् । करिब ८६ मुलुकका महिला सांसदहरुको उपस्थिति रहेको सम्मेलन महिला अधिकार, महिला हिंसा र बालिका शिक्षासँग केन्द्रित थियो । सम्मेलनमा उपसभामुख तुम्बाहाम्फेले बालिका शिक्षाबारेमा धारणा राखेकी थिइन् ।


बेलायतमा रहँदा उनले एनआरएनए, भूपू गोर्खा, नेपाली संघसंस्थाहरुले गरेको कार्यक्रममा सहभागिता जनाएकी थिइन् ।

प्रकाशित : मंसिर २१, २०७५ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?