१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पूर्वमन्त्रीसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, पा‌ण्डेसँग २ अर्ब १३ करोड बिगो माग

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा अनियमितता भएको दाबीसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

पूर्वमन्त्रीसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, पा‌ण्डेसँग २ अर्ब १३ करोड बिगो माग

अख्तियारले पूर्वमन्त्री एव‌ं राप्रपा (प्रजातान्त्रिक) का नेता विक्रम पाण्डेलगायत ३ जना पूर्वआयोजना प्रमुख, हालका आयोजना प्रमुख र ९ जना उपसचिवस्तरका इन्जिनियरमाथि मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार पाण्डेविरुद्ध २ अर्ब १३ करोड रुपैयाँ बिगो माग दाबी छ । पाण्डे गत निर्वाचनमा कांग्रेसको समर्थनमा चितवन ३ मा उम्मेदवार बनेका थिए । तर, तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनका बलिया उम्मेदवार पुष्पकमल दाहाल प्रतिस्पर्धी बनेपछि पाण्डे पराजित भए । उनी पूर्व वनमन्त्रीसमेत हुन् ।


वर्तमान आयोजना प्रमुख सर्वदेवप्रसाद, सिडिई मिनराज ढकालविरुद्ध पनि भ्रष्टाचारविरुद्धको मुद्दा दायर भएको छ । उनीहरुमाथि बिगी माग दाबी छैन ।


पूर्वआयोजना प्रमुख शरदचन्द्र पण्डितमाथि ५९ करोड ३४ लाख, दिलीपबहादुर कार्कीमाथि १ अर्ब ५६ करोड, रमेश बस्नेतमाथि २ अर्ब १२ करोड बिगो, माग/दाबी छ । सिडीईहरु सूर्यदेव थापा, योगेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी, प्रकाशबहादुर कार्कीलाई पनि भ्रष्टाचार मुद्दा लगाइएको छ ।


सिँचाइ विभागका इन्जिनियरहरु कमलप्रसाद रेग्मी, रविनाथबाबु श्रेष्ठ, आशिषभन्द्र खनाललाई पनि प्रतिवादी बनाइएको छ ।


कालिका कन्स्ट्रक्सनका युवराज क्षेत्रीमाथि पनि मुद्दा दायर भएको छ । त्यसैगरी, उद्धवराज चौलागाईं, हेमनिधि शर्मा र अरुणकुमार चौधरीमाथि पनि भ्रष्टाचार मुद्दा छ ।


हेर्नुहोस् नामवली र माग/दाबी गरिएको रकम

प्रकाशित : मंसिर २१, २०७५ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?