कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पूर्वआईजीपी बोहरालाई सफाइ

काठमाडौँ — सर्वोच्च अदालतले पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहरालाई गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा सफाइ दिएको छ । न्यायाधीशहरू शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विशेष अदालतको फैसला उल्ट्याएको हो । 

पूर्वआईजीपी बोहरालाई सफाइ

विशेष अदालतले २६ लाख ८३ हजार रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहरसहित २०६८ चैत २१ गते बोहरालाई एक वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । सम्पत्तिको स्रोत नखुलेकाले जफत गरी त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसलामा उल्लेख थियो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोहराले २ करोड ३८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको दाबीसहित मुद्दा दायर गरेको थियो ।


प्रकाशित : मंसिर २०, २०७५ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?