२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

समाचारमा आज : बुद्धिजीबीलाई प्रधानमन्त्रीको चेतावनीदेखि अस्ट्रेलियाका राजदूतमाथि छानबिनसम्म 

काठमाडौँ — पछिल्लो समय प्रधानमन्त्री केपी ओली र सरकारको क्रियाकलापलाई लिएर आलोचना बढेको छ । एक विवादस्पद गैरसरकारी संस्थाले गरेको सम्मेलनमा सरकारको संलग्नतालाई लिएर आलोचना बढेपछि प्रधानमन्त्रीले आफूले जवाफ दिन परे अलोचना गर्ने बुद्धिजीबीहरु थला पर्ने चेतावनी दिएका छन् ।

समाचारमा आज : बुद्धिजीबीलाई प्रधानमन्त्रीको चेतावनीदेखि अस्ट्रेलियाका राजदूतमाथि छानबिनसम्म 

राजदूतमाथिको आरोपबारे छानबिन : अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको आरोपबारे परराष्ट्र मन्त्रालयले छानबिन सुरु गरेको छ । उनी र उनका श्रीमान्‌लाई दूतावासकै पूर्वकर्मचारी वाङ्गछु शेर्पाले 'मानव तस्करी' को आरोप लगाएका छन् भने राजदूतले झुठो दाबी गरेका छन् । थप.....


प्रधानमन्त्रीको चेतावनी : पछिल्लो समय प्रधानमन्त्री केपी ओली र सरकारको क्रियाकलापलाई लिएर आलोचना बढेको छ । विशेष गरेर यूनिभर्सल पीस फेडेरेशन नामक एक विवादस्पद गैरसरकारी संस्थाले गरेको सम्मेलनमा सरकारको संलग्नतालाई लिएर आलोचना बढेपछि प्रधानमन्त्रीले आफूले जवाफ दिन परे आलोचना गर्ने बुद्धिजीबीहरु थला पर्ने चेतावनी दिएका हुन् । थप......


कुकुरको बफादारिता : कुकुरलाई सबैभन्दा बफादार जनवारको रुपमा लिइन्छ । यो बुझाईलाई अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लू बुसको कुकुरले एक पटक फेरि प्रमाणित गरेको छ । ९४ वर्षको उमेरमा बुसको निधनपछि उनको कुकुर 'सल्ली' पार्थिव शरीर राखिएको बाकसमुनि वियोगान्त अवस्थामा सुतिरहेको देखिन्छ । आफ्ना मालिकको मृत्युमा शोकमा देखिएको कुकुरको यो फोटो भइरल बनेको छ । थप.....

मन्त्रीहरु अब भैंसेपाटीमा : अहिले मन्त्रीहरुको निवासको रुपमा पुल्चोक चर्चित छ । तर, अब पुल्चोक मन्त्री निवासको रुपमा परिचित हुने छैन । सरकारले त्यहाँ राजकीय अतिथि गृह निर्माण गर्ने र मन्त्री निवास भैंसेपाटीमा सार्ने निर्णय गरेको छ । त्यहाँ दसवटा राजकीय अतिथि गृह बन्ने छन् र सैंबु भैंसेपाटीस्थित आवास क्षेत्रमा मन्त्री तथा प्रदेशहरुका मुख्यमन्त्रीको लागि २७ वटा आवास बनाइनेछ । थप.....


बन्दैछ माथिल्लो तामाकोसी : माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सक्नु पर्ने तीन वर्षअघि नै हो । विविध कारणले ढिलो भयो । अनुमानित लागत बढेर ४९ अर्बबाट ७० अर्ब पुगेको छ । झन्डै ४३ अर्ब रुपैयाँ खर्च भइसकेको छ । अझै तोकिएको समयमा सक्ने संभावना कम छ । यद्यपि काम भने भइरहेको छ । कान्तिपुर फोटो पत्रकार किरण पाण्डेको क्यामेरामा कैद राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसीको प्रगति (फोटोफिचर) । थप....


प्रकाशित : मंसिर २०, २०७५ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?