निर्मला हत्या प्रकरण : न्याय माग्दै मानव सांग्लोसहित प्रदर्शन

भवानी भट्ट

कञ्चनपुर — न्याय माग्दै महेन्द्रनगर बिहीबार मानव सांग्लोसहित प्रदर्शन गरिएको छ । नागरिक संघर्ष समितिको पुर्व निर्धारित कार्यक्रम अनुसार महेन्द्रनगर बजारमा मानव सांग्लोसहित प्रदर्शन गरिएको हो ।

निर्मला हत्या प्रकरण : न्याय माग्दै मानव सांग्लोसहित प्रदर्शन

महेन्द्रनगरको ट्राफिक चोक, मदन चोक, भानु चोक र जिल्ला प्रशासन आगडी मानव सांग्लोसहित प्रदर्शन गरिएको थियो । सुरुमा मानव सांग्लो मात्रै बनाउने भनेपनि विभिन्न विद्यालयबाट आएको विद्यार्थीको भीड अनियन्त्रित बनेपछि बजारमा र्‍यालीसहित प्रदर्शन गरिएको हो । समितिले सोमबारदेखि सुरु गरेको एक चरणको आन्दोलन बिहीबार सम्पन्न भएको छ । यसअघि दुई दिन प्रशासन आगडि धर्ना र एक दिन टर्च वालेर न्यायको खोजी गरिएको थियो ।

‘अब नागरिक संघर्ष समितिको बैठक बसेर थप कार्यक्रम घोषणा गरिनेछ’ नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले भनिन्, ‘हाम्रो आन्दोलन शान्तिपुर्ण हुनेछ ।’ समितिले बिहीबार मानव सांग्लो प्रदर्शन गर्ने भनेपनि विद्यार्थीको भीड अनियन्त्रित भएपनि नारा जुलुसमा परिणत भएको थियो ।

प्रकाशित : मंसिर २०, २०७५ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?