कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

समाचारमा आज : निर्मलालाई न्यायका लागि विद्यार्थीको प्रदर्शनदेखि कांग्रेसको नयाँ आर्थिक नीतिसम्म

काठमाडौँ — ठेक्का पाएर पनि वर्षौंसम्म काम नगर्दा ठूला निर्माण व्यवसायीप्रति आममान्छेको धारण नराम्रो रहेको बेला रामेछापका एक निर्माण व्यवसायीले दुई वर्षमा सयवटा भवन निर्माण गरेका छन् । जिल्लाका १९ विद्यालयका १ सयभन्दा बढी भवन पुनर्निर्माणको जिम्मा पाएको खानी निर्माण सेवाले दुई वर्षमा यतिका भवन बनाएको हो । 

समाचारमा आज : निर्मलालाई न्यायका लागि विद्यार्थीको प्रदर्शनदेखि कांग्रेसको नयाँ आर्थिक नीतिसम्म

कांग्रेसको आर्थिक नीति : प्रमुख प्रतिपक्षी कांग्रेसले विगतमा लिएको आर्थिक नीतिमा कमजोरी रहेको भन्दै नयाँ नीति अवलम्बन गर्ने भएको छ । नयाँ नीतिमा उसले पाँच खम्ब रहने उल्लेख गरेको छ । त्यसमा उच्च उत्पादकत्वमा आधारित दीगो र फराकिलो आर्थिक वृद्धि, समतामूलक लोककल्याणकारी राज्य, रोजगारमुखी युवा केन्द्रित उद्ममशीलता, सार्थक वित्तीय संघीयता र सदाचारयुक्त आर्थिक सुशासन रहेको छ । थप......


विद्यार्थी पनि प्रदर्शनमा : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय माग्दै सबै तप्का सडकमा आइपुगेको छ । परिवार, अधिकारकर्मी र महिलाहरु सडकमै थिए । अहिले विद्यार्थी पनि आइपुगेको छ । बुधबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले 'वी वान्ट जस्टिस' भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरे । थप.....


एउटै ठेकदारले बनाए सय भवन : ठेक्का पाएर पनि वर्षौंसम्म काम नगर्दा ठूला निर्माण व्यवसायीप्रति आम मान्छेको धारण नराम्रो रहेको बेला रामेछापका एक निर्माण व्यवसायीले दुई वर्षमा सयवटा भवन निर्माण गरेका छन् । जिल्लाका १९ विद्यालयका १ सयभन्दा बढी भवन पुनर्निर्माणको जिम्मा पाएको खानी निर्माण सेवाले दुई वर्षमा यतिका भवन बनाएको हो । थप....


खुल्लाकी तातोपानी नाका : लामो समयदेखि तातोपानी नाका खोल्न नेपाल सरकारले चीनलाई आग्रह गर्दै आएको छ । तर, चिनियाँ पक्षले हुन्छ भन्ने तर काम अघि नबढाउने समस्या ज्यूँका त्यूँ छ । अहिले बल्ल आएर चीनसंग जोड्ने मितेरी पुल बनाउन सुरु भएको छ । ०७२ को भूकम्पलगायतले पुलमा क्षति पुर्‍याएपछि बेलिब्रिज राखिएको थियो । अहिले चिनियाँ कम्पनीले पुल पुर्निर्माणको काम थालेको हो । थप....

खानेपानीका महाप्रबन्धक हटाइए : खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई हटाइएको छ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले प्रसादलाई जिम्मेवारीबाट हटाएकी हुन् । काममा अटेरी गरेको, घोटलामा मुछिएको, कर्मचारी आन्दोलनको व्यवस्थापन नगरे भन्दै उनलाई जिम्मेवारीबाट मुक्त गराइएको हो । थप....


प्रकाशित : मंसिर १९, २०७५ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?