२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नेकपाको प्रदेश कमिटीका सदस्यहरुको नामावली सार्वजनिक (नामावलीसहित)

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठकले आइतबार सातवटै प्रदेश कमिटीका सदस्यहरुको नाम सार्वजनिक गरेको छ ।

नेकपाको प्रदेश कमिटीका सदस्यहरुको नामावली सार्वजनिक (नामावलीसहित)

यसअघि असोज ५ गते बसेको बैठकले प्रदेश कमिटीका अध्यक्ष र सचिवहरू नियुक्त गरेको थियो । सोही दिन प्रदेशहरूका लागि ईञ्चार्ज र सह–ईञ्चार्जको जिम्मेवारी पनि तोकेको थियो ।

आइतबार सार्वजनिक गरिएको नामावली अनुसार प्रदेश १ मा तत्कालीन एमालेको १ सय २२ र माओवादीको ८५ जना गरी २०७ सदस्य बनाइएको छ ।


त्यसैगरी प्रदेश २ मा तत्कालिन एमाले र माओवादीबाट १०६/१०६ र पछि पार्टीमा आएको तत्कालिन राष्ट्रिय जनता दलका तीन सदस्य छन् ।

प्रदेश ३ को २१७ सदस्यमा तत्कालिन एमालेबाट ११६ र माओवादीबाट १०१ छन् । त्यस्तै गण्डकी प्रदेश कमिटीमा साविक एमालेबाट १०२ र माओवादी ८५ छन् ।

प्रदेश ५ कमिटीमा साविक एमालेबाट १०६ र माओवादीबाट ९७ छन् । कर्णाली प्रदेश कमिटीमा साविक एमालेबाट ८७ र माओवादीबाट ८८ छन् । सुदुरपश्चिम प्रदेश कमिटीमा साविक एमालेबाट सय र माओवादीबाट ८३ सदस्य रहेका छन् ।


नेकपाको मंसिर १२ गते सम्पन्न सत्रौँ सचिवालय बैठकले सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : मंसिर १७, २०७५ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?