१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रधानमन्त्री ओलीसँग पाकिस्तानका पूर्वप्रधानमन्त्री, कम्बोडिया र पलाउका पूर्वराष्ट्रपतिको भेट

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीसँग पाकिस्तानका पूर्वप्रधानमन्त्री, कम्बोडिया र पलाउका पूर्वराष्ट्रपतिले भेट गरेका छन् । 

प्रधानमन्त्री ओलीसँग पाकिस्तानका पूर्वप्रधानमन्त्री, कम्बोडिया र पलाउका पूर्वराष्ट्रपतिको भेट

एसिया प्यासिफिक सम्मेलनमा सहभागीका लागि काठमाडौं आएका ती मुलुकका पूर्वसरकार प्रमुखसँग आइतबार भएको भेटमा नेपालको शान्ति प्रक्रिया र सरकारले अघि सारेको समृद्धिका योजनाहरुबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।


पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ गिलानीसँग भएको भेटमा सार्कलाई प्रभावकारी बनाउने बारे छलफल भएको छ । भेटमा प्रधानमन्त्री ओलीले नेपाल सार्कको नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताए । नेपाल चाँडो सम्मेलन गरेर नेतृत्व हस्तान्तरण गर्न चाहन्छ,’ प्रधानमन्त्रीले सार्कप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउादै भने,‘सार्कलाई प्रभावकारी बनाउन हाम्रो प्रयत्न सदैव रहन्छ ।’


गिलानीसँग दक्षिण एसियाका देशको पारस्परिक व्यापार र लगानीको आदानप्रदान बढाएर जानेबारे पनि छलफल भएको छ । गिलानीले नेपालले लिइरहेको प्रगति र स्थायित्वको बाटोबारे जानकारी भएको भन्दै प्रशंसा गरे ।


कोलम्बियाका पूर्वराष्ट्रपति आन्द्रेस पास्त्राना अरंगोले पनि प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् । भेटमा पूर्वराष्ट्रपति अरंगोले नेपालको शान्ति प्रक्रियाको सफल प्रयासबाट आफ्नो मुलुक पनि प्रभावित भएको बताए ।


प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका मूलभूत कामहरु सकिएको उल्लेख गर्दै बाँकी कामहरु पनि छिट्टै पूरा गर्ने जानकारी दिए । प्रधानमन्त्रीले कोलम्बियासँग कूटनीतिक सम्बन्ध लामो भएको स्मरण गर्दै व्यापार–वाणिज्य क्षेत्रबाट सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए ।


यसैगरी प्रधानमन्त्री ओलीसँग पलाउका पूर्वराष्ट्रपति जोनसन टोरीवियङले पनि भेट गरेको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित : मंसिर १६, २०७५ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?