कांग्रेस जिल्ला सभापतिहरुको भेला ककनीमा, देउवा असन्तुष्ट

कुलचन्द न्यौपाने

काठमाडौँ — कांग्रेस जिल्ला सभापतिहरुको भेला नुवाकोट ककनीमा सुरु भएको छ । विधान संशोधनको विषयमा छलफल गरी साझा धारणा बनाउन भन्दै कांग्रेस जिल्ला सभापतिहरु ककनीमा भेला भएका हुन् । यो भेलाप्रति केन्द्रीय सभापति शेरबहादुर देउवा भने असन्तुष्ट छन् ।

कांग्रेस जिल्ला सभापतिहरुको भेला ककनीमा, देउवा असन्तुष्ट

भेलामा देउवालाई निमन्त्रणा गरिएको थियो । तर, देउवा नजाने भएपछि भेला अनौपचारिक छलफलमै सीमित गरिएको छ । जिल्ला सभापतिमा संस्थापनइतरका बहुमत छ ।


केन्द्रीय समिति बैठकमा प्रस्तुत विधानमा बिहीबारदेखि छलफल सुरु हुँदै छ । त्यसअघि नै जिल्ला सभापतिहरुले साझा धारणा बनाएर केन्द्रीय समितिमा बुझाउने तयारी रहेको काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिए ।


काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले प्रस्तावित विधानका बारेमा छलफल गर्न नुवाकोट काङ्ग्रेसको आयोजनामा बैठक बसेको बताए । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल हुने उनको भनाइ थियो ।


नेपाली काङ्ग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टीभित्र रहेको गुटउपगुट अन्त्य गर्नेबारे सभापतिको बैठकमा छलफल हुने बताए । बैठकमा पार्टीले महासमिति बैठकमा दिने रायबारे छलफल हुने उनको भनाइ छ ।


यस्तै महासमितिको बैठकमा राख्ने कुराबारे समान धारणा बनाउन काङ्ग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेला धादिङको गजुरीमा मङ्सिर १४ र १५ गते हुन लागेको छ ।


यो पनि पढ्नुहोस् ।

कांग्रेसको संशोधित विधानको मस्यौदामा दफावार छलफल मंसिर १३ गते


प्रकाशित : मंसिर १२, २०७५ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?