१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

१२ वर्षीया बालिका आमा बन्दै, सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयको चासो

प्रताप बिष्ट

हेटाैंडा — १२ वर्षमै आमा बन्न लागेकी बालिकाकाे उपचारका लागि प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । गर्भवती बालिकाकाे सुत्केरी अवस्थामा उच्च जोखिम हुन सक्ने भएकाले सुरक्षित ढंगले सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयले चासो देखाएको हो । 

१२ वर्षीया बालिका आमा बन्दै, सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयको चासो

मकवानपुरको राक्सिराङ गाउँपालिकाकी १२ वर्षीया ती बालिकालाई सुरक्षित ढंगले सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन बमोजिम मंगलबार काठमाडाैं लगिदैँछ ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार गर्भवती बालिकालाई गाँउपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङले सोमबार वेलुका हेटौडा अस्पतालामा ल्याएका छन् ।


हेटौंडा अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि काठमाडाैं पठाउने तयारी भइरहेको प्रअिज तामाङले बताए । चार कक्षामा अध्ययन गर्दागर्दै उनले गाँउकै चेपाङ किशोरसँग गत वर्षे प्रेम विवाह गरेकी हुन् । उनी गर्भवती भएको सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको हो ।

प्रकाशित : मंसिर ४, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?