१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नूरप्रसादलाई रिहा गर्न माग

काठमाडौँ — मानव अधिकारकर्मीहरूले द्वन्द्वपीडित सत्याग्रही गंगामाया अधिकारीका छोरा नूरप्रसाद अधिकारीलाई रिहा गर्न माग गरेका छन् । 

नूरप्रसादलाई रिहा गर्न माग

अोमप्रकाश अर्याल, कपिल श्रेष्ठ, चरण प्रसाईं, सफलता बोगटीसहित २१ जनाले आइतबार विज्ञप्ति जारी गरी अधिकारीलाई रिहा गर्न माग गरेका हुन् । सशस्त्र द्वन्द्वक्रममा गंगामायाका छोरा कृष्णप्रसादको हत्या गर्ने पीडक पक्षकै षड्यन्त्रमा नूरप्रसादलाई फसाउने नियतले ज्यान मार्ने उद्योगजस्तो गम्भीर अपराध मुद्दा लगाइएको दाबी उनीहरूको छ ।


‘पीडक पक्षको षड्यन्त्रका क्रममा नूरप्रसादलाई फसाउने नियतले सरकारले ज्यान मार्ने उद्योगजस्तो गम्भीर अपराधको मुद्दा लगाएको कुराको घोर भत्र्सना गर्दै निष्पक्ष न्यायसहित उहाँको रिहाइको माग गर्दछौँ,’ विज्ञप्तिमा छ ।

प्रकाशित : मंसिर २, २०७५ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?