चिकित्सा पढाइ अवरुद्ध

कान्तिपुर संवाददाता

सुनसरी — एक भारतीय विद्यार्थीका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमडीएमएस तहको पढाइ दुई महिनादेखि अवरुद्ध भएको छ । पढाइ रोकिएपछि प्रतिष्ठानको नियमित शैक्षिक क्यालेन्डरसँगै अन्य विद्यार्थीको चिकित्साशास्त्रको भविष्य पनि अन्योलमा परेको हो  ।

चिकित्सा पढाइ अवरुद्ध

प्रतिष्ठानको एमडीएमएसको शैक्षिक कार्यक्रम २०१८ को प्रोस्पेक्टसअनुसार अन्तर्राष्ट्रिय कोटाको दोस्रो प्रवेश परीक्षापपछि अगस्त ६ मा काउन्सिलिङका लागि भारतीय विद्यार्थी प्रशान्त कुमार आधा घण्टा ढिला पुगेपछि उनलाई नियमअनुसार फिर्ता पठाइएको थियो ।

प्रतिष्ठानमा उनले आफूलाई काउन्सिलिङमा सहभागी गराउन लिखित र मौखिक अुनरोध गरे पनि सुनुवाइ भएन । आफू अन्यायमा परेको भन्दै कानुनी उपचार खोज्दै विराटनगरस्थित उच्च अदालतमा उनले रिट हालेपछि अदालतबाट भर्ना प्रक्रिया रोक्न भदौमा अन्तरिम आदेश गरेकाले प्रतिष्ठानको एमडी/एमएस कार्यक्रम २०१८ अवरुद्ध भएको उपकुलपति प्राडा राजकुमार रौनियारले बताए ।

‘काउन्सिलिङमा केही समय ढिला आएको विद्यार्थीलाई सहभागी नगराउँदा अदालतको आदेशले पठनपाठन रोकिएको छ,’ उनले भने, ‘अदालतको फैसला कुरिरहेका छौं । सुनुवाइ कात्तिक १२ गते सोमबार हुन्छ ।’ प्रतिष्ठानको नियमित शैक्षिक क्यालेन्डरअनुसार सेप्टेम्बर २ देखि नै एमडीएमएसको पढाइ हुने थियो तर यति लामो समयसम्म कहिल्यै अवरुद्ध भएको थिएन ।

प्रवेश परीक्षा समिति संयोजकसमेत रहेका शिक्षाध्यक्ष प्राडा गुरु खनालले अदालतले फैसला छिटो नगरे एमडीएमएस पढ्न चाहने विद्यार्थीकै भविष्य अन्योलमा पर्ने बताए ।

प्रकाशित : कार्तिक १२, २०७५ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?