काष्ठमण्डपलाई थप पाँच करोड

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणका लागि शनिबार पाँच करोड रुपैयाँ उपलब्ध गराएको छ । मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माण समिति अध्यक्ष तथा सांसद राजेश शाक्यलाई रकम हस्तान्तरण गरेका हुन् ।

काष्ठमण्डपलाई थप पाँच करोड

२०७२ को भूकम्पले काष्ठमण्डप पूरै क्षतिग्रस्त हुन पुगेको थियो ।


महानगरले यसअघि समितिलाई ५० लाख रुपैयाँ दिइसकेको छ । काष्ठमण्डप पुनर्निर्माणका लागि महानगरले चालु वर्ष आठ करोड रुपैयाँ विनियोजन गरेको छ । ‘काष्ठमण्डप पूर्णरूपमा महानगरपालिकाले बनाउनेछ,’ रकम हस्तान्तरण गर्दै मेयर शाक्यले भने । उनले चालु आवमा कम्तीमा एक तला निर्माण हुने दाबी पनि गरे । अहिले काठ र इँटा खरिद प्रक्रिया चलिरहेको छ ।


पुनर्निर्माणमा १८ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ । महानगरले हनुमानढोका क्षेत्रको संवर्द्धनका लागि ‘हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम’ सञ्चालन गरिरहेको छ । यसैअन्तर्गत महानगरले भूकम्पबाट आंशिक र पूर्ण क्षतिग्रस्त सम्पदा पुनर्निर्माण, जीर्णोद्धार र मर्मतसम्भार गरिरहेको छ ।


महानगरले माजुदेग: पुनर्निर्माणका लागि हालै बोलपत्र आहवान गरेको छ । चाँडै कुमारी घरको जीर्णोद्धार थाल्ने तयारी छ । कामपा-२४ का वडाध्यक्ष मचाराजा महर्जनका अनुसार कुमारी घरको ‘स्ट्रकचल एलानाइसिस’ भइरहेको र मंसिरभित्र प्रतिवेदन तयार हुनेछ ।

प्रकाशित : आश्विन २७, २०७५ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?