कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दाउन्नेमा दुईतर्फी गाडी चल्यो [अपडेट]

नारायण शर्मा

नवलपरासी — महेन्द्र राजमार्गमा पल्टिएको गाडी नहटाउँदा अवरुद्ध दाउन्ने खण्ड शुक्रबार रातिदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । 

दाउन्नेमा दुईतर्फी गाडी चल्यो [अपडेट]

घिउखोला नजिक पल्टिएको दुइटा ट्रक राजमार्गबाट हटाएपछि राजमार्ग शुक्रबार राति सवा नौ बजेदेखि दुइतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ । पल्टिएको ट्रक पन्छाउन ३२ घण्टा लागेको थियो । गाडी पन्छाउन ठूला क्रेन प्रयोग गरिएको थियो । तर, एकतर्फी यातायात भने शुक्रबार अपराह्नदेखि नै चलेको थियो । दाउन्नेमा बिहीबार दिउँसो ३ बजे ट्रक पल्टिएको थियो ।


सडक अवरुद्ध हुँदा पूर्व-पश्चिम हिँडेका हजारौं दसैंका यात्रु अलपत्र परेका थिए । उनीहरुले पानीसमेत खाना नपाएको पीडा सुनाए।


‍‍‍‍.....

२० घण्टादेखि बन्द रहेको महेन्द्र राजमार्ग बल्ल एकतर्फी खुलेको छ । पूर्व-पश्चिम हिँडेका सयौं यात्रु नवलपरासीको दाउन्नेमा ट्रक पल्टेर बन्द भएपछि अलपत्र परेका थिए । बिहीबार दिउँसो ३ बजे दाउन्नेको घिउखोला र दुम्किबासमा पल्टिएको भुस बोकेको ट्रक राजमार्गबाट नहटाइँदा जाम भएको थियो ।


दसैं मान्न घर हिँडेका यात्रुले पानी समेत खान पाएका थिएनन् । पल्टिएको ट्रक क्रेनले तानेर छेउ लगाएपछि बाटो एकतर्फी खुलेको हो । राजमार्गमा गाडीचालकहरुले मनलाग्दी रुपमा ओभरटेक गर्न खोजेकोले दोहोरो जाम परेको थियो ।

देशभरका यात्रु हिँड्ने मुख्य राजमार्ग अवरुद्द भएको २० घण्टा बढी हुँदा समेत राजमार्ग खुलाउने काममा सकृयता नदेखाएको भन्दै यात्रुहरु आक्रोशित हुन थालेका थिए ।

दुम्किवासदेखि चोरमारासम्मको २२ किलोमिटर खण्डमा ज‌ंगलै-जंगल भएकाले यात्रुले पानी समेत खान पाएनन् । शौचालयको असुविधाले अर्को हैरानी थपेको थियो । नवलपरासीका सिडियो दिपकराज नेपालले दाउन्ने प्रदेश ५ र ४ मा पर्ने भएकाले समन्वयको प्रयास भैरहेको बताएका थिए । उनले सघुँरो सडकमा गाडी पल्टिँदा उठाउने प्रयास भए पनि सजिलो नभएको बताए ।

प्रकाशित : आश्विन २६, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?