१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चिनियाँ अनुदानकाे तेल तीन वर्षपछि बिक्री

खान याेग्य नहँदा कच्चा प्रदार्थका लागि बिक्री
राजु चौधरी

काठमाडौँ — चीन सरकारले २०७२ को भूकम्पमा अनुदानवाफत दिएको खाने तेल तीन वर्षपछि बिक्री भएको छ । तेल बिक्री नभएर गोदाममै सडेपछि सोमबार कच्चा प्रदार्थका रुपमा बिक्री भएको हो ।

चिनियाँ अनुदानकाे तेल तीन वर्षपछि बिक्री

‘अनुदान स्वरुप प्राप्त तेल सोमबार बिक्री गरेका छाैं,’ खाद्य सस्थानका अञ्चल प्रमुख सुरेन्द्र बिष्टले भने ।

भूकम्पपछिको पुननिर्माण तथा राहतका चीन सरकारले प्रतिबद्धता जनाएअनुसार १० हजार ६ सय लिटर तेल अनुदान स्वरुप सरकारलाई उपलब्ध गराएको थियो ।

५३ वटा ड्रममा पठाएको उक्त तेल गोदाममै सडेको हो । ती ड्रमहरुमा लेवल उल्लेख छैन । सबै चिनियाँ अक्षरमा लेखिएकाले केको तेल भन्ने नै जानकारीमा नभएको संस्थानको दाबी छ । त्यसपछि संस्थानले थप परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको बिष्टले बताए । ‘तेल परीक्षण गर्दा खान नमिल्ने देखिएको थियो,’ उनले भने ।

विभागले संस्थानलाई पठाएको पत्रअनुसार सामान्तया शून्य दशमलव ५ भन्दा कम ‘एसिड भ्यालु’ भएको तेलमात्र उपभोग्य गुणस्तरको हुन्छ । तर प्रयोगशाला परीक्षणका क्रममा उक्त तेलको एसिड भ्यालु १ दशमलव ५ थियो । जसले गर्दा बिक्रीमा समस्या भएको संस्थानको दाबी छ ।

तेल खान अयोग्य भएपछि बिक्री/लिलामीका लागि ३ पटक सूचना प्रकाशित गरेपनि कसैले चासो नदिएपछि मूल्य घटाएर पून सूचना प्रकाशित गरेको थियो । ‘लिलाम गर्न न्यूनतम ८० रुपैया निर्धारण गरेका थियाैं । तर, व्यवसायीले रुची देखाएनन्,’ उनले भने, ‘अहिले प्रतिलिटर ४५ रुपैयामा बिक्री भएको छ ।’ उक्त तेल मध्यपुर ठिमीका दशरथ अर्यालले खरीद गरेका छन् । खान अयोग्य भएकाले साबुन उद्योग, कुखुराको दाना, बत्ती बाल्न, इट्टाभट्टामा प्रयोग गर्न सकिने जनाइएको छ ।

प्रकाशित : आश्विन २२, २०७५ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?