कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

तत्कालीन किष्ट बैंकका प्रमुख ज्ञवाली पक्राउ 

जनकराज सापकाेटा

काठमाडौँ — तीन वर्षदेखि फरार रहेका तत्कालीन किष्ट बैंकका प्रमुख कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ । ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो ।

तत्कालीन किष्ट बैंकका प्रमुख ज्ञवाली पक्राउ 

अदालतले उनीविरुद्ध १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो । त्यस लगतै ज्ञवाली फरार रहेका थिए । उच्च प्रहरी स्रोतकाअनुसार महानगरीय अपराध महाशाखाको टोलीले सिमावर्ती भारतीय क्षेत्रबाट पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ ।


ज्ञवाली पक्राउ गरेको बारे महाशाखाले कुनै सूचना सार्वजनिक गरेको छैन । महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले पक्राउ गर्ने प्रयास भइराखेकै बताए ।

ज्ञवाली पक्राउ बारे प्रहरीले आजै पत्रकार सम्मलेन गरी जानकारी दिने तयारी गरेको प्रहरी उच्च स्रोतको दाबी छ ।

प्रकाशित : आश्विन १९, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?