सभापतिलाई धेरै अधिकार गलत : कोइराला

रासस

काठमाडौँ — नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताएका छन् । दसैं, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा गण्डक टोखा प्रजातान्त्रिक समाजले बुधबार यहाँ गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयन, सङ्घीयता सफल व्यवस्थापन र विकासका लागि अन्ततः काङ्ग्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सभापतिलाई धेरै अधिकार गलत : कोइराला

काङ्ग्रेसको विधान परिमार्जनका क्रममा सभापतिलाई अधिकार केन्द्रित गर्ने सुझाव आएको जानकारी दिँदै उनले यो गलत हो भने । 'पार्टी अधिकारले भन्दा पनि समन्वय, परामर्श र सबै कार्यकर्तालाई समेटेर चल्छ, चलाइनुपर्छ' ।


जसले समन्वय वा समझदारी कायम गर्न सक्दैन र अधिकारले मात्रै पार्टी चलाउने मनसाय राख्छ उसले सभापति हुने आकांक्षा नराखे पनि हुन्छ भन्ने सुझाव नेता कोइरालाले दिए । सांसद भीमसेनदास प्रधानले काङ्गे्रसको प्रजातान्त्रिक सिद्धान्त र ऐतिहासिक योगदानलाई जनता समक्ष पुर्‍याएर अहिलेको अन्योलको अवस्था अन्त्य गर्न जुट्नुपर्ने बताए ।

प्रकाशित : आश्विन १७, २०७५ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?