कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बानेश्वरको संगम स्वीट्समा सिलबन्दी, मिठाइमा कपडा चम्काउने केमिकल प्रयोग गरेको भेटियो

राजु चाैधरी

काठमाडौँ — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संगम स्वीट्सको गोदाम घरमा सिलबन्दी गरेको छ । विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीको नेतृत्वमा गएको अनुगमन टोलीले अखाद्य वस्तु बिक्री वितरण गरेको र उपभोक्ताको न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सिलबन्दी गरेको हो ।

बानेश्वरको संगम स्वीट्समा सिलबन्दी, मिठाइमा कपडा चम्काउने केमिकल प्रयोग गरेको भेटियो

अनुगमन टोलीले मिलन चोकमा रहेको गोदाम घरसँगै नयाँ बानेश्वरमा रहेको संगम स्वीट्सको उत्पादन बिक्री वितरणमा पनि प्रतिबन्ध लगाइएको छ । ‘अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएका छौं,’ सुवेदीले भने ।

विभागका अनुसार अनुगमनका क्रममा कपडा चम्काउन प्रयोग हुने प्रतिबन्धित ‘हाइड्रो ए वान’ केमिकल मिठाईमा प्रयोग गरेको पाइएको छ । मिठाइलाई चमक दिने उक्त केमिकल स्वास्थ्यका लागि हानिकारक रहेको विभागले जनाएको छ ।

मिठाइमा ८ वर्ष पुरानो कोकोनट पाउडरसमेत प्रयोग भएको क्रममा भेटिएको जनाएको छ । विभागका अनुसार ध्यु र तेलमा पोलारिटीको मात्र पनि अत्याधिक पाइएको थियो । पोलारिटी लेवल अधिकतम २५ सम्म हुनु पर्नेमा ३८.५ सम्म पाइएको विभागले जनाएको छ ।


प्रकाशित : आश्विन १६, २०७५ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?