अख्तियारद्वारा २ उपसचिव पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरका उपसचिवद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई बिहीबार पक्राउ गरेको छ ।

अख्तियारद्वारा २ उपसचिव पक्राउ

किर्ते गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरू दुवै जनालाई बबरमहलको वन परिसर अगाडिबाट अख्तियार टोलीले पक्राउ गरेको हो । उनीहरूलाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।


किर्ते कागजपत्र बनाएर ७० करोड रुपैयाँको धनसम्पत्ति बेचबिखन प्रकरणमा संलग्न आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरू दुवै जनाको खोजी गरिरहेको थियो ।
ब्युरोले उक्त प्रकरणमा संलग्न १२ जनालाई पक्राउ गरे पनि पौडेल र रोकाय भने फरार थिए । उनीहरूमाथि ब्युरो र अख्तियार दुवैले आआफ्नो किसिमले छानबिन गरी अनियमितताको अभियोगमा मुद्दा दायर गर्ने अधिकारीहरूले जनाएका छन् ।


असई पनि समातिए
आयोगले काँडाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्की दिई रकम उठाएको आरोपमा प्रहरी नायब निरीक्षक (असई) गोविन्द खरेललाई पक्राउ गरेको छ । अख्तियारले भदौ ३० मा बालुवा व्यवसायीसित घूस लिएको आरोपमा काँडाघारीबाटै १० प्रहरीलाई पक्राउ गरेको थियो । पक्राउ परेका प्रहरीको बयानका आधारमा अख्तियार टोलीले बिहीबार महानगरीय प्रहरी प्रभाग काँडाघारीका असई खरेललाई पक्रेको हो । खरेललाई हिरासतमा राखी अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित : आश्विन १२, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?