२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

संघीय संसद्को बजेट अधिवेशन सकियो, १ सय ३५ दिनमा के के भए ?

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद्को बजेट अधिवेशन बिहीबारदेखि अन्त्य भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको अन्तमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका थिए । उक्त पत्रअनुसार संसद् अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य हुनेछ ।

संघीय संसद्को बजेट अधिवेशन सकियो, १ सय ३५ दिनमा के के भए ?

त्यसअघि सभामुख महराले दोस्रो अधिवेशनमा भए/गरेका कामकारबाहीबारे संक्षिप्त जानकारी दिएका थिए । यो अधिवेशनको पहिलो बैठक गत वैशाख २१ गते प्रारम्भ भएको थियो ।


प्रतिनिधिसभाको दोस्रो अधिवेशन बिहीबारसम्ममा १ सय ३५ दिन चलेको सभामुख महराले जानकारी गराए । उनका अनुसार जेठ ७ देखि असार ८ सम्म राष्ट्रियसभा र प्रतिनिधिसभाको चार पटक संयुक्त बैठक बसेको छ । यो अधिवेशनबाट संसद् नियमावली पारित, सरकारको नीति तथा कार्यक्रम छलफलपछि पारित, दुवै सदनका विषयगत समितिहरु गठन गरी सभापति चयन लगायतका महत्वपूर्ण कार्य गरेको सभामुख महराले जानकारी दिए ।

अधिवेशन अवधिमा महिला हिंसा विरुद्धको संकल्प प्रस्ताव पारित भएको, विकास निर्माण र चिकित्सा शिक्षामा बढ्दै गएको विसंगति नियन्त्रणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव माथि छलफल भएको उनले बताए ।

सभामुख महराले संसद्काे विशेष र शून्य समयमा सांसदहरुदले उठाएका सडकको अवस्था सुधार, मूल्य नियन्त्रण, सुशासनलगायत विषयमा सरकारको पुन: ध्यानाकर्षण गर्ने बताए ।


यी हुन् संसद्को दोस्रो अधिवेशनका कामहरु

प्रकाशित : आश्विन ११, २०७५ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?