कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

एसिड प्रहारबाट घाइते सम्झनाको मृत्यु 

शिव पुरी

रौतहट — गत भदौ २६ गते राति एसिड प्रहारमा गम्भीर घाइते चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झनाकुमारी दासको मृत्यु भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा अाइतबार राति मृत्यु भएको हो । 

एसिड प्रहारबाट घाइते सम्झनाको मृत्यु 

घरमा सुतिरहेका बेला राति सम्झना र उनकी बहिनी १५ वर्षीया सुस्मिता कुमारी माथि एसिड प्रहार गरिएको थियो । घटनाको ६ दिन पछि छिमेकी रामबाबु पासवानलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्काले सम्झनाको बिहान मृत्यु भएको पुष्टि गरेका छन् ।

एसिड प्रहारबाट घाइते सुस्मिताको उपचार भइरहेको छ । उनको अवस्था ठीक रहेको बुवा जादोलाल दासले बताए । सम्झना शरीरका धेरै ठाउँमा र अनुहारमा बढी एसिड परेर गम्भीर घाइते भएकी थिइन् । उनको २ पटक शल्यक्रिया गरिएको थियो ।

प्रकाशित : आश्विन ८, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?