कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रदेश सरकारका मन्त्री नै संविधान विरोधी 

सन्तोष सिंह

जनकपुर — जितेन्द्र सोनल प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री हुन् । मधेसवादी दल राष्ट्रिय जनता पार्टी(राजपा)का महामन्त्री सोनललाई संविधानको विरोधमा आयोजित कालो दिवसका लागि पार्टीले सप्तरीको कमान्ड सुम्पेको छ ।

प्रदेश सरकारका मन्त्री नै संविधान विरोधी 

सोमबार उनलाई भेट्न सिंचाइका प्राविधिक र कर्मचारीको मन्त्रालयमा ताँती लागेको थियो । मन्त्री सोनल भने कालो दिवसको तयारीमै व्यस्त थिए ।

मन्त्रालयको कार्यकक्षबाटै मन्त्री सोनलले संविधान विरोधी गतिविधि गर्न फोनमा नेता/कार्यकर्तालाई दिइरहेको निर्देशन सुनेर उनलाई भेट्न गएका कर्मचारी छक्क परे ।


मन्त्री सोनलले कमान्ड सम्हालेको सप्तरीका राजपाका नेता/कार्यकर्तालाई विरोध र्‍याली र मंगलबार साँझको ब्लायक आउट सफल बनाउन तारन्तार फोन गरिरहेका थिए ।


संविधान दिवसको अवसरमा कालो दिवस भन्दा संविधानमा रहेको असहमति दर्ज गर्न खोजेको मन्त्री सोनलले बताए । ‘मधेसी र मधेसलाई संविधान स्वीकार्य छैन, ’ मन्त्री सोनलले भने, ‘असोज ३ गते हातमा कालोपट्टि र टाउकोमा कालो कपडा बाँधेर संविधानमा विरोध दर्ज गराउने छौँ ।’


मन्त्री सोनल भने संविधान जारी भएको दिन सुनौलो दिन रहेको स्वीकार गर्छन् । तर फेरि भन्छन्, ‘संविधान जारी भएको दिन हामीलाई जेलमा कोच्यो,’ सोनलले भने, ‘हातमा हतकडी लागेको दिन हाम्रो लागि सुनौलो भएन । कालो दिन बनाइयो ।’ उनले मधेसीको हक अधिकारका लागि मन्त्री भएपनि आन्दोलनमै रहेको दाबी गरे ।

प्रकाशित : आश्विन २, २०७५ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?