कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एसएसपी लोहनी कारागारबाट रिहा

सुन तस्करी र सनम शाक्य हत्या प्रकरण
विनोद भण्डारी

विराटनगर — संगठित अपराध, सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एसएसपी दिवस लोहना आइतबार क्षेत्रीय कारागार झुम्काबाट साधारण तारेखमा रिहा भएका छन् ।

एसएसपी लोहनी कारागारबाट रिहा

रिहाकालागि आइतबार अदालतको पत्र आएपछि उनलाई रिहा गरिएको कारागार प्रमुख गणेश अधिकारीले बताए ।


उच्च अदालत विराटनगरका न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र सारंगा सुवेदीको संयुक्त इजलासले शुक्रबार जिल्ला अदालतको निर्णय उल्टाउँदै लोहनीलाई साधारण तारेखमा छाडेर मुद्दाको कारवाही अगाडि बढाउन आदेश दिएको थियो ।


लोहनीलाई उच्च स्तरीय छानबिन समितिले बैशाख १६ गते पक्राउ गरेको थियो । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलाशले जेठ ८ मा लोहनीसहित ३१ जना अभियुक्तलाई तत्काल देखिएको प्रमाणका आधारमा दोषी देखिएको भन्दै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।


उच्च अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश ठहर नहुने देखिएकाले लोहनीलाई साधारण तारेखमा छाडेर मुद्दा कारवाही अघि बढाउन आदेश दिएको थियो । उच्च अदालतले उनीसँगै पुर्पक्ष थुनामा रहेका डिएसपी सञ्जयबहादुर राउतसहित १० जनाको हकमा जिल्ला अदालतको निर्णयलाई सदर गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुविरुद्ध आपराधिक समुह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरिर बन्धक र कर्तब्य ज्यान मुद्दामा उनीहरु विरुद्ध अभियोगपत्र दर्ता गरेको थियो । यो मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैया ९० पैसा विगो माग दाबी गरिएको छ ।


३३ मध्ये ३१ जनालाई जिल्ला अदालत मोरङका न्यायाधीश शर्माको इजलाशले पुर्पक्षका थुनामा राख्ने आदेश दिएको थियो । एकजनालाई धरौटी र अर्का एकजनालाई सादा तारेखमा छाड्ने आदेश भएको थियो ।


प्रकाशित : भाद्र ३१, २०७५ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?