नेकपा अध्यक्ष दाहाल चीन प्रस्थान

रासस/याेन्हाप

काठमाडौँ — चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल शनिबार चीनतर्फ प्रस्थान गरेका छन् ।  

चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ रहेको बताए ।


यस्तै विगतमा दुई देशका सरकारका बीचमा भएको सहमति तथा सहकार्यका विविध विषयलाई कार्यान्वयनमा ल्याउनसमेत आफूहले पहल गर्ने उनले जानकारी दिए ।


फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले पार्टीको जनवर्गीय सङ्गठन तथा प्रदेश र जिल्लाको एकताको विषयमा छलफल चलिरहेको र केही समयभित्रै निष्कर्षमा पुगिने बताए ।


अध्यक्ष दाहालले भने, 'म फर्केर आउने बित्तिकै एकतामा बाँकी रहेका विषयलाई निष्कर्षमा पुर्याइन्छ । दशैँअगावै एकताका सबै विषयलाई निष्कर्षमा पुर्याइन्छ । कुनै दुविधा रहँदैन ।' चीन भ्रमणको क्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतासँग आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल गर्नुहुने कार्यक्रम रहेको छ ।


केही दिन पहिले भारत भ्रमणमा जानुभएका अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतसँग भेट गरी नेपाल–भारत सम्बन्धमा विविध पाटाका बारेमा छलफल गरेका थिए ।

प्रकाशित : भाद्र ३०, २०७५ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्

बलिउड अभिनेता गोविन्दा काठमाडौंमा

सुशिल पौडेल

काठमाडौँ — बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन् । एलजी फिल्म अवार्डका लागि उनी शनिबार काठमाडौं अोर्लिएका हुन् । 

छोरी टिनाका साथ नेपाल आएका उनले भने, '२/३ पटक फिल्म सुटिंगको लागि आएपनि मलाई आज पहिलो पटक आएको जस्तो अनुभव भईरहेको छ। किनकी म यहाँको फिल्म अवार्डमा सहभागी हुदैछु। नत्र पशुपति दर्शनका लागी आउने गर्छु।'

काठमाडौं बसाइका क्रममा उनी होटल याक एण्ड यतिमा बस्नेछन् । शनिबार उनी चन्द्रागिरी हिल्स र आइतबार राष्ट्रिय सभा गृहमा सिनेमा सर्कल नेपाालले आयोजना गर्ने अवार्डमा सहभागी हुनेछन् ।

जेठो छोराको स्वास्थ्य अचानक खराब भएर उनकी पत्नि आउन सकिनन्।

तस्बिरहरुः कविन अधिकारी/कान्तिपुर

प्रकाशित : भाद्र ३०, २०७५ १२:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×