हेलिकप्टर दुर्घटनाका शव काठमाडौं ल्याइयाे
काठमाडौँ — अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आइतबार काठमाडौं ल्याइएकाे छ । दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट रातभर हिडेर आइतबार बिहान नुवाकोटको त्रिशुली अस्पताल पुर्याइएको थियाे ।
नुवाकाेटबाट हेलिकप्टरमा पोष्टमार्टमका लागि शव काठमाडौं ल्याइएकाे हाे । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम पछि आफन्तलाई बुझाइने छ ।
गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटना भएको थियाे ।
हेलिकप्टरमा सवार ७ जना मध्ये ६ काे मृत्यु भएको छ । एक जना महिलाकाे जिवितै उद्धार गरिएको थियाे । उनकाे राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ ।
प्रकाशित : भाद्र २४, २०७५ ०९:५९