कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वतन्त्र प्रेसमाथि कसैले हस्तक्षेप गर्नु हुँदैन : देउवा

अमृता अनमोल

बुटवल — कांग्रेस सभापति शेरबहादुर देउवाले स्वतन्त्र पत्रकारिता र प्रेसमाथि कसैले हस्तक्षेप गर्न नहुने बताएका छन् । 

स्वतन्त्र प्रेसमाथि कसैले हस्तक्षेप गर्नु हुँदैन : देउवा

बुटवलमा आयोजित बुद्ध सामुदायिक टेलिभिजनको ११ औ साधारणसभामा बोल्दै उनले पार्टी विशेषको दबावमा कुनैपनि सञ्चार माध्ययममाथि हस्तक्षेप भए कांग्रेस त्यसको विपक्षमा उठ्ने बताए ।


बुद्ध सामुदायिक टेलिभिजनको अधिवेसन रोक्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले दिएको निर्देशनको बिरोध गर्दै पूर्व प्रधानमन्त्री देउवाले जनताको सिडीओलाई कुनै पार्टीको पक्षधर बन्न र स्वतन्त्र प्रेसको हस्तक्षेपकारी नबन्न आग्रह गरे । साथै काठमाडौंमा गएर समेत यसबारे आवाज उठाउने उनले बताए ।


कांग्रेसका सचेतक बालकृष्ण खाँडले ओली सरकार स्वतन्त्र पत्रकारिता र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपमा उत्रेर प्रजातन्त्रको मेरुदण्डमाथि प्रहार गरेको टिप्पणी गरे । कसैले लेख्दैमा वा मन नपर्ने अन्तरवार्ता लिँदैमा पत्रकारको जागिर खोसेको भन्दै उनले कांग्रेसले यसको निन्दा गर्ने बताए ।


प्रजातन्त्रको सवलीकरणका लागि कांग्रेस सधै स्वतन्त्र प्रेसको पक्षमा रहेको भन्दै उनले वर्तमान सरकारलाई प्रेसमाथि निरंकुश बन्ने गल्ती सच्चाउन आग्रह गरे ।


कांग्रेस नेता चन्द्र भण्डारीले विश्वमा सबैभन्दा शक्तिशाली बनेको साधन मिडियामाथि अंकुश लगाउन नहुने बताए । नेतृत्व पावर, पैसा र सम्पत्तिका वरिपरी लाग्दा सर्वसाधरणका समस्या ओझेलमा परेको बताउँदै उनले यस्तो प्रवृत्ति रोक्न आग्रह समेत गरे । अर्का केन्द्रिय सदस्य भरतकुमार शाहले करको भार थोपरेर सर्वसाधरणलाई भयभीत नबनाउन आग्रह गरे ।


बुटवलको बुद्ध सामुदायिक टेलिभिजनको साधारण सभामा सहभागी कांग्रेस सभापति देउवा लगायतका कांग्रेस नेता । तस्बिर : अमृता अनमोल

प्रकाशित : भाद्र २३, २०७५ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?