कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चट्याङले बालकको मृत्यु, दुई जना घाइते

प्रताप विष्ट

हेटाैंडा — मकवानपुरका छुट्टाछुट्टै स्थानमा बिहीबार पानी र हावाहुरीसँगै परेकाे चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । 

चट्याङले बालकको मृत्यु, दुई जना घाइते



हेटौडा उपमहानगपालिका–१३ पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बाालक रोजन लामाको मृत्यु भएको छ । उनी आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए । उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


यसैगरी चट्याङ लागेर बकैया गाउँपालिका–११ ठिँगनामा ३७ वर्षीय कृष्णलाल स्याङ्तान र हेटौडा उपमहानगरपालिका ७ की ४० वर्षीया सावित्री लुईटेल घाइते भएका छन् । लुईटेल खाना पकाउन लाग्दा चट्याङ लागेको थियो । स्याङ्तान र लुईटेलको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको हेटौंडा अस्पतालले जनाएको छ ।

प्रकाशित : भाद्र २१, २०७५ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?