कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एकीकृत सम्पत्ति कर खारेज गर्न माग

रासस/याेन्हाप

भक्तपुर — नेपाली कांग्रेस भक्तपुरले बुधबार एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै सूर्यविनायक नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । 

एकीकृत सम्पत्ति कर खारेज गर्न माग

नगरपालिकाले एकीकृत सम्पत्ति कर लगाएको र अन्य विषयगत कर लगाएर जनतालाई असर परेको भन्दै कांग्रेस जिल्ला सभापति दुर्लभ थापाको नेतृत्वमा र्यालीसहित गएको टोलीले नगर प्रमुख वासुदेव थापालाई ज्ञापन पत्र बुझाएको हो ।


नगरपालिकाले दोहोरो कर लगाएको भन्दै एकीकृत सम्पत्ति कर खारेज गरे सबै समस्या समाधान हुने सभापति थापाले बताए ।


ज्ञापन पत्र बुझ्दै नगर प्रमुख थापाले नगरपालिका सबैको साझा संस्था भएको बताउँदै जनतालाई मार पर्ने गरी कर वृद्धि भएको भए कांग्रेसको पाँच जनाको प्रतिनिधि र नगरपालिकाबाट पाँचजना प्रतिनिधि बसेर छलफल गरी संशोधन गर्न तयार रहेको बताए ।

प्रकाशित : भाद्र २०, २०७५ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?