२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे सिफारिस 

दुर्गा खनाल

काठमाडौँ — संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख अायुक्तमा नवीनकुमार घिमिरेलाई सिफारिस गरेको छ । बुधबार प्रधानमन्त्री कार्यालयमा बसेको परिषद्को बैठकले प्रमुख आयुक्तमा पूर्वसचिव घिमिरेको नाम सिफारिस गरेको हो ।

अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे सिफारिस 

अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई पछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।


गृह सचिवबाट अवकाश भएपछि घिमिरे चार वर्षअघि अख्तियारका आयुक्त नियुक्त भएका थिए ।


यसअघिका अख्तियार प्रमुख दीप बस्न्यात उमेरहदका कारण अवकाश पाएपछि प्रमुख पद रिक्त थियो । घिमिरेको नियुक्तिसँगै अख्तियारले पूर्णता पाउनेछ । संवैधानिक प्रावधान अनुसार अख्तियारमा प्रमुख आयुक्त सहित ५ जना आयुक्त रहन्छन् ।


यसैबीच संवैधानिक परिषद्ले अन्य संवैधानिक आयोगमा पदाधिकारीहरुको नियुक्त प्रक्रिया अगाडि बढाएको छ । अन्य आयोगहरुमा उपयुक्त हुने व्यक्तिहरुको सूची तयार पारिरहेको छ ।

सूची तयार पार्नका लागि परिषद्ले आवेदन माग गरेको छ । अाएका आवेदनहरुमाथि परिषद्ले छलफल गरी नियुक्ती गर्ने तयारी गरिरहेको छ । हाल ८ वटा आयोगका पदाधिकारीहरु नियुक्त हुन बाँकी रहेका छन् ।

प्रकाशित : भाद्र २०, २०७५ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?