१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेकपाका प्रवक्ता विश्वकर्मालाई रिहा गर्न सर्वोच्चको आदेश

कृष्ण ज्ञवाली

काठमाडौँ — नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मालाई तत्काल थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरण आदेश जारी गरेको छ । नुवाकोट प्रहरीले पक्राउ गरेकोमा त्यसविरुद्ध विरेन्द्र विश्वकर्माले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले प्रक्रिया नपुयाई थुनामा नराख्न आदेश दिएको हो ।

नेकपाका प्रवक्ता विश्वकर्मालाई रिहा गर्न सर्वोच्चको आदेश

विश्वकर्मालाई अदालत रिहा गर्न आदेश दिए पनि बारम्बार छोड्दै पक्राउ गरेकोमा गम्भिर चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ ।


‘जुन मुद्दाको सिलसिलामा भनी पक्राउ गरेको छ सो मुद्दामा अनुसन्धान गरी पर्याप्त कारण, आधार, प्रमाण भएमा कानून बमोजिम मुद्दा चलाउन कानूनले रोक लगाएको नदेखिएको’ आदेशमा भनिएको छ, ‘गैरकानूनी थुनामा राखेको भनी दुई दुईपटक थुनामुक्त गर्ने आदेश दिदादिदै फेरी पक्राउ गरेको कामलाई कानूनसम्मत मान्न नमिलेबाट निवेदकको माग अनुसार गैरकानूनी थुनाबाट मुक्त गर्नु भनी आदेश जारी हुने ठहर्छ ।’


यसअघि चन्दा असुली अभियोगमा साउन २३ मा पक्राउ परेका विश्वकर्मालाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो । त्यस लगत्तै उनलाई अदालत बाहिर प्रहरीले पुन पक्राउ गरेको थियो । यस्तै उनलाई विभिन्न मुद्दामा काभ्रे र नुवाकोटको अदालतमा उपस्थित गराउँदा त्यहाँका अदालतले समेत छोड्न आदेश दिँदा समेत उनलाई प्रहरीले छोड्दै पुन अदालत परिसरबाटै पक्राउ गरिरहेको छ ।


प्रकाशित : भाद्र १८, २०७५ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?