३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

राहदानीमा त्रुटि : राष्ट्रियता तिब्बतीयन, धादिङकाे ठेगानामा डाेटी

हरिहरसिंह राठौर

धादिङ — परराष्ट्र मन्त्रालयबाट आफ्नो नाममा जारी राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक लेखिएको हात परे पछि गजुरी–१ कि स्थायी बासिन्दा मुक्तिकला लामिछाने छक्क परिन् र फेरि जिल्ला प्रशासनमै पुगिन् ।

राहदानीमा त्रुटि : राष्ट्रियता तिब्बतीयन, धादिङकाे ठेगानामा डाेटी

परराष्ट्र मन्त्रालयकाे राहदानी विभागले लामिछानेलाई तिब्बती नागरिकको रुपमा पासपोर्ट जारी गरेको छ ।

नेपाली नागरिकलाई तिव्बतीयन भन्दै राहदानी विभागले पासपोर्ट जारी गरि दिएपछि लामिछाने राहदानीका कारण तनावमा छिन् । विभागले जारी गरेको राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने लेखिएको छ भने अर्को पानामा नाम मोक्तिकला लेखिएको छ । त्यति मात्र होइन लामिछानेको ठेगाना गजुरी बजार–१ गजुरी डोटी लेखिएको छ र राष्ट्रियता तिब्बतियन भनेर लेखिएको छ ।

स्नातकोत्तर तह अध्ययन पुरा गरेकी लामिछानेले आफूले बुझाएको राहदानी आवेदन फाराममा त्यस्तो कुनै गल्ती नभएको दाबी गरिन् । ‘मैले पटक पटक पढेर फाराममा सही गरेकी थिए, लेखपढ गर्न नसक्ने व्यक्ति भए त झुक्किए होलान् भन्न सकिन्थ्यो,’ उनले भनिन्, ‘फाराम गल्ती भए जिल्ला प्रशासनबाट आवेदन स्वीकृत हुँदैन्थ्यो ।’

उनले गत साउन २५ गते जिल्ला प्रशासन कार्यालय धादिङमा आवेदन फाराम बुझाएकी थिइन् । भदौ १५ गते जिल्ला प्रशासन कार्यालयबाट पासपोर्ट बुझ्दा आफूलाई तिब्बती नागरिकको रुपमा पासपोर्ट बनेर आएको लामिछानेले बताइन् ।

जिल्ला प्रशासन कार्यालयले विभागको गल्तीले पासपोर्ट बिग्रिएकाले विभागमै गएर तत्काल अर्को पासपोर्ट लिन लामिछानेलाई सुझाव दिएकाे छ । ‘गलत विवरणसहितको पासपोर्ट राहदानी विभागमै फर्काएर अर्को लिनलाई सिफारिस गरेका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले भने ।

प्रकाशित : भाद्र १८, २०७५ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?