कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

श्रीलंकाका राष्ट्रपति सिरिसेना लुम्बिनीमा

अमृता अनमोल

बुटवल — श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् । उनी काठमाडौंबाट चार्टर विमानमा गौतमबुद्ध विमानस्थल भैरहवा हुँदै गाडीमा लुम्बिनी पुगेका हुन ।

श्रीलंकाका राष्ट्रपति सिरिसेना लुम्बिनीमा

यसअघि हेलिकोप्टरमार्फत लुम्बिनी जाने तयारी भए पनि उनी भैरहवाबाट गाडीमै अाएका छन् । राष्ट्रपति सिरिसेनालाई लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का प्रमुख उमाकान्त झा र मुख्यमन्त्री शंकर पोखरेलले स्वागत गरेका छन् ।


उनले मायादेवी मन्दिरमा आफ्नो परम्परा अनुसार पूजा अर्चना गरेका छन् । मायादेवी मन्दिर पछि लुम्बनीमै रहेको श्रीलंकाद्वारा निर्मित श्रीलंकन गुम्बामा पुगेका छन् । श्रीलंकाद्वारा बनाइएकाे त्रिग्रिम गेस्टहाउका बारेमा जानकारी लिएका छन् । लुम्बिनी विकास कोषले सिरिसेनालाई लुम्बिनीको गुरुयोजना बारे जानकारी गराइने कार्यक्रम रहेको कोषका योजना प्रमुख सरोजकुमार भट्टराईले बताए ।


विमस्टेक सम्मेलनमा भाग लिन आएका सिरिसेना लुम्बिनी आउने भएपछि लुम्बिनी र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि सुरक्षा निकायका ४ वटै अंग परिचालन भएका छन् । बिहान साढे ८ बजेदेखि नै भैरहवा–लुम्बिनी सडक खण्डमा सर्वसाधरणलाई निषेध गरिएको छ ।



सुरक्षाका लागि लुम्बिनीमा सर्वसाधारण तथा अन्य पर्यटकलाई निषेध गरिएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिर राष्ट्रिय झण्डा र बौद्ध पतकाले झकिझकाउ पारिएको छ । राष्ट्रपति सिरिसेना आजै काठमाडौं फर्कनेछन् ।

प्रकाशित : भाद्र १६, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?