१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतीय जंगलमा एक नेपालीको हत्या, अझै दुई बेपत्ता 

कमल पन्थी

बर्दिया — भारत गएका चार मध्ये एक नेपाली नागरिकको कतरनीयाघाट वन्यजन्तु आरक्षको सुगौली थाना नजिक विहीवार वेलुकी शव फेला परेको छ । 

भारतीय जंगलमा एक नेपालीको हत्या, अझै दुई बेपत्ता 

प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीका अनुसार भारत कतरनीयाघाट वन्यजन्तु आरक्षको सुगौली थाना नजिक बैरीखल्ला जंगलमा राजापुर नपा–१० का हाउजे भन्ने ईन्द्र बहादुर थारुको शव भेटिएको हो ।

सुगौली थाना नजिक मृत अवस्थामा फेला परेको थारुको हत्याको आशंका गरिएको छ । थारुको शव क्षतविच्छेद अवस्थामा फेला परेको हो छ । ईलाका प्रहरी कार्यालय, राजापुरबाट खटिएको प्रहरी टोली र मृतकका आफ्न्तले शव पहिचान गरेको हो । परिवारका सदस्यले माछा गर्न गएको प्रहरीलाई जानकारी गराएका छन् ।


चारैजना जंगलमा चोरी शिकारका लागि गएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।


थारुको शव परीक्षणका लागि बहराईच जिल्ला अस्पताल लगिएको छ । उनको हत्या भएको आशंका स्थानीयले गरेका छन् । हत्या कसले गर्‍यो थाहा हुन सकेको छैन । शव परीक्षण पछि घटनाको जानकारी बाहिर आउने छ । प्रहरी उपरीक्षक मैनालीले अनुसन्धान भई रहेको जनाकारी दिए । पॉच दिन अघि चार मध्ये एक राजापुर—१० का गोपाल चन्द गोलीका छर्रा लागेर घाइते भइ घर फर्केका थिए । अन्य तीन जना मध्ये थारुको शव फेला परेको हो ।


सोही ठाउँका वीरेन्द्र बहादुर शाह र बालकृष्ण चौधरी एघार दिनदेखि वेपत्ता छन् । उनीहरुको खोजी गरिदिन आफ्न्तले प्रहरीसंग अनुरोध गरेका छन् । उनीहरु सीमावर्ती कतरनीयाघाट वन्यजन्तु आरक्षको जंगलबाट सम्पर्क विहीन भएका थिए । शाह र चौधरीको अवस्था अज्ञात भएकाले घटना बारे अनुसन्धान गर्न समस्या भएको प्रहरीको भनाई रहेको छ ।


चौपाया खोज्न गएको भनिएका बर्दिया राजापुर—१० का ४२ वर्षीय चन्दसंग घटना बारे प्रहरीले सोधपुछ गरिरहेको छ । प्रहरीका अनुसार चन्द कान सुन्दैनन् । गोलीका छर्रा लागि घाईते भएका चन्द नेपालगन्जस्थित नर्सिङ होममा उपचारपछि घर फर्केका थिए । घटनास्थल सदरमुकाम गुलरीयादेखि करिब ३५ किमि पश्चिम–दक्षिणमा पर्दछ । शाह र चौधरीको खोजी गर्न नेपाल र भारतीय सुरक्षाकर्मी खटिएको मैनालीले बताए ।


प्रकाशित : भाद्र १५, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?