कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

उजुरी छानबिन नभएकामा चिन्ता प्रकट

काठमाडौँ — कान्तिपुरकर्मी यादव थपलियाको उपचार क्रममा हेलचेक्रयाइँका कारण मृत्यु भएको उल्लेख गर्दै दिएको उजुरीमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले चार साता भइसक्दा पनि छानबिन अघि नबढाएकामा परिवारजनले चिन्ता जाहेर गरेका छन् । 

उजुरी छानबिन नभएकामा चिन्ता प्रकट

‘जिल्ला क्षतिपूर्ति समिति काठमाडौंमा उजुरी दिएको ४ साता हुँदा पनि छानबिन प्रक्रिया अघि बढेको छैन,’ स्वर्गीय थपलियाकी पत्नी गंगा खतिवडाले भनिन्, ‘उजुरीबारे के भइरहेको छ भन्ने जानकारीसमेत जिल्ला प्रशासन कार्यालयले दिएको छैन ।’


उनले उजुरीमा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, सिनामंगलमा उपचारमा भएको लापरबाहीले आफ्ना पतिको मृत्यु भएको उल्लेख गर्दै उपभोक्ता संरक्षण ऐन २०५४ को दफा २२ र २४ अनुसार छानबिन गरी लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्न र उचित क्षतिपूर्ति दिलाउन माग गरेकी छन् ।


सामान्य ज्वरोको उपचार गराउन गएका आफ्ना पतिको रोगको सही निदान नगरी अनुमान र हचुवाका भरमा औषधि चलाएकै कारण ज्यान गएको दाबी खतिवडाले गरेकी छन् ।


काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जिल्ला क्षतिपूर्ति समितिले छिट्टै बैठक बसेर उजुरीको अध्ययन गरी आवश्यक निर्णय गर्ने बताए । ‘हामीले उजुरीबारे एक चरणमा छलफल गरेका छौं, छिट्टै समितिको बैठक बस्छ, उजुरी अध्ययन गरेर छिट्टै निर्णय गर्छ,’ उनले भने ।

प्रकाशित : भाद्र १४, २०७५ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?