कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

राजनीतिक र आर्थिक अवस्थामा सुधारमार्फत समृद्धिः बङ्गलादेशका प्रधानमन्त्री

रासस

काठमाडौँ — बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा बिमस्टेकका सदस्य राष्ट्रको समृद्धि हुने बताएकी छन् । 

राजनीतिक र आर्थिक अवस्थामा सुधारमार्फत समृद्धिः बङ्गलादेशका प्रधानमन्त्री

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सम्बोधन गर्दै बङ्गलादेशी प्रधानमन्त्री हसिनाले यस क्षेत्रको गरिबी र भोकमरीको अन्त्य तथा सुरक्षा, पर्यटन, ऊर्जा र सम्पर्क सञ्जालको विकास र विस्तारमा जोड दिँदै दिगो विकासका लक्ष्यप्राप्तिका लागि साझा प्रयासमा जोड दिईन् ।


उनले संस्कृति र सार्वजनिक स्वास्थ्यका लागि बिमस्टेकका सदस्य मुलुकले विशेष प्राथमिकता दिँदै जनतादेखि जनतासम्मको सम्पर्क विस्तार गर्नुपर्ने बताइन् ।


प्रधानमन्त्री हसिनाले आफ्नो मुलुकले कुल गार्हस्थ उत्पादनमा वृद्धि, सबैका लागि शिक्षाका लागि विशेष प्रबन्ध र सामाजिक एवं आर्थिक सुधारका लागि कदम चालेको अवगत गराइन् ।


सम्मेलनको आयोजनाका लागि नेपाललाई आभार व्यक्त गर्दै १६ मिनेट मन्तव्य दिएकी उनले प्रधानमन्त्री एवं बिमस्टेकका अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य प्रेरणास्पद भएको बताईन् ।

प्रकाशित : भाद्र १४, २०७५ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?