२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

‘बिमस्टेक सार्कको विकल्प होइन’

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले बिमस्टेकलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्पमा रूपमा नलिन आग्रह गरेका छन् । यी दुई संस्था फरक उद्देश्य पूरा गर्न स्थापित भएको ओलीको भनाइ छ ।

‘बिमस्टेक सार्कको विकल्प होइन’

बिमस्टेकको चौथो शिखर सम्मेलनबारे संसद्मा जानकारी दिँदै ओलीले सार्कलाई निषेध गर्ने गरी बिमस्टेक गठन नभएको प्रस्ट्याए । ‘सार्कलाई निषेध गर्न बिमस्टेक आएको हो कि भन्ने धेरैलाई लागेको छ,’ संसद्लाई सम्बोधन गर्दै ओलीले भने, ‘एकअर्कोलाई निषेध गर्न यी बनेका होइनन् ।’


बिमस्टेक स्थापना हँुदा सार्क शिखर सम्मेलन नियमित र प्रभावकारी भए पनि पछिल्लो समय सुस्ताएको उनले बताए । सार्कले क्षेत्रीय एकता, समझदारी र सहयोगलाई अघि बढाउन सकारात्मक योगदान गरेको ओलीले प्रस्ट्याए ।

प्रकाशित : भाद्र १३, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?