२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

लेखा समितिमा कांग्रेसबाट शाह 

काठमाडौँ — कांग्रेसले लेखा समितिको सभापतिमा सांसद भरत शाहलाई प्रस्ताव गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले समितिको सभापतिमा पार्टीका तर्फबाट शाहको नाम प्रस्ताव गर्ने निर्णय गरेका हुन् ।

लेखा समितिमा कांग्रेसबाट शाह 

उनले त्यसबारे संसदीय दलका सचेतक बालकृष्ण खाँडलाई जानकारी गराएको स्रोतले बतायो ।

शाह ०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री थिए । शाह निर्वाचित सांसद हुन । उनी रुपेन्देही–५ बाट ०५६, ७० र ७४ को निर्वाचनमा विजयी भएका थिए । पछिल्लो चुनावमा सबैभन्दा बढी मतान्तरमा चुनाव जित्ने कांग्रेस सांसदमा उनी पर्छन् ।

लेखा समिति प्रमुख प्रतिपक्षलाई दिने प्रचलन अनुसार शाहलाई समितिको सभापतिमा अघि सारिएको हो । प्रतिनिधिसभा अन्तर्गत १० विषयगत समितिको भागबण्डा भने अझै पनि मिलिसकेको छैन ।

सबै समितिको सभापतिको निर्वाचन भाद्र १७ गते हुँदैछ । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीले प्रमुख प्रतिपक्षका लागि लेखा समिति मात्रै दिने मनस्थिती बनाएको छ । तर, कांग्रेसले समानुपातिकतर्फ प्राप्त मतको अनुपातका आधारमा कांग्रेसले लेखा समितिसहित ४ समितिको सभापति पाउनु पर्ने अडान राख्दै आएको छ ।

प्रकाशित : भाद्र १२, २०७५ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?