१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

युवाले पाए शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

राजबहादुर शाही

मुगु — खत्याड गाउँपालिका–८ सुकाढिक गाउँका वसन्त विकले शैक्षिक प्रमाणपत्र धितो व्यावसाय सञ्चालनको लागि निब्र्याजी २ लाख ऋण पाएका छन् ।

युवाले पाए शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

जनरल हेल्थ अध्ययन गरेर कतै रोजगार नपाएपछि आयआर्जनको निम्ति छायाँनाथ बचत तथा ऋण सहकारी संस्थामा आफ्ना सक्कल शैक्षिक योग्यताका प्रमाणपत्र धितो राखेर २ लाख ऋण लिएर किराना पसल सञ्चालन गर्न थालेका छन् ।


दु:खगरी पढेर रोजगार नपाएपछि शैक्षिक प्रमाणपत्र धितो राखेर २ लाख ऋणले दिगो व्यावसाय सञ्चालन गर्ने वसन्तले बताए । ‘प्रमाणपत्र बाकसमा राखेर के गर्नु ?’ उनले भने,‘बरु धितो राखेर ऋण लिनु उत्तम । ’


जिल्लामा बसन्त मात्र नभएर ३५ वर्षभन्दा मुनिका दिपक कार्की, जीवन कार्की लगायत ४ जना युवाले पहिलो पटक मंगलबार छायाँनाथ बचत तथा ऋण सहकारी संस्थाबाट आयआर्जनको लागि प्रति व्यक्ति दुई लाख रुपैया शैक्षिक लोन प्राप्त गरेका छन् ।


नेपाल सरकारको निति तथा कार्यक्रम अनुसार राष्ट्रिय युवा परिषद् मुगुका ४ जना युवालाई व्यावसाय सञ्चालनको निम्ति छनौट गरी सहकारी संस्थालाई ऋण उपलब्ध गराउन सिफारिस गरेको छ ।


यस जिल्लामा प्रथम पटक युवाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर व्यावसाय सञ्चालन गर्न ऋण प्राप्त गरेको सहकारी संस्थाका कोषाध्यक्ष हरिबहादुर शाहीले जनाए ।

प्रकाशित : भाद्र १२, २०७५ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?