कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

किशोरी हत्या प्रकरणः मंगलबार राति ८ बजेदेखि कर्फ्यू

भवानी भट्ट

कञ्चनपुर — १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या घट्नाको अनुसन्धानको माग गर्दै चर्केको आन्दोलन पश्चात् तनावग्रस्त बनेको महेन्द्रनगर बजार क्षेत्रमा लगाइएको कर्फ्यू मंगलबार पनि राति ८ बजेदेखि बुधबार बिहान ४ बजेसम्म लाग्ने भएको छ ।

किशोरी हत्या प्रकरणः मंगलबार राति ८ बजेदेखि कर्फ्यू

सोमबारदेखि दिनमा लगाइदै आएको कर्फ्यू हटाएपनि रातिको समयमा भने जारी नै गरिएको हो ।


‘अवस्था सहज बन्दै गएका कारण अहिले राति मात्रै कर्फ्यू लगाउने निर्णय भएको हो’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले भने, ‘सामान्य बनेपछि कर्फ्यू पूर्ण रुपमा हटाइनेछ ।’ सोमबार पनि साँझ ६ देखि मंगलबार बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको थियो ।


गत शुक्रबार प्रदर्शकारीमाथि प्रहरीले चलाएको गोली लागेर १ बालकको मृत्यु पश्चात् असहज परिस्थिति सृजना भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो ।

प्रकाशित : भाद्र १२, २०७५ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?