कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

आजदेखि त्रिभुवन विमानस्थलमा हवाई यात्रीलाई मात्रै प्रवेश अनुमति

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आउने पाहुनाको आवागमन र सुरक्षालाई मध्यनजर राख्दै त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । आजैदेखि लागू हुने गरी यो अनुरोध गरिएको छ ।

आजदेखि त्रिभुवन विमानस्थलमा हवाई यात्रीलाई मात्रै प्रवेश अनुमति

विमानस्थलमा एक्लै जान सक्षम रहेका व्यक्तिलाई साथमा अन्य आफन्त तथा साथीभाई लिएर नआउन विमानस्थल प्रशासनले अनुरोध गरेको छ ।


विमानस्थलस्थित नेपाल प्रहरीका डिआइजी कमल जिटीका अनुसार बच्चा, गर्भवती र असक्तले मात्रै सहयोगी लिएर जान सक्नेछन् ।


विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीद्वारा मंगलबार हस्ताक्षरित विज्ञप्तिमा विमानस्थलमा एक्लै जान असक्षम रहेका यात्रुले एकजनासम्म सहयेगी मात्र भित्र लिएर जान सक्ने जनाइएको छ ।


विमानस्थलमा प्रवेश गर्ने यात्रुको गोल्डेन गेटमै कडा सुरक्षा जाँच गरिनेछ । अत्यावश्यक कारणले भित्र प्रवेश गरेका व्यक्तिले पनि १०-१५ मिनेटभित्रै विमानस्थल छोड्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।


यस्तै यात्रु लिएर गएका ट्याक्सीलाई पनि विमानस्थलको गोल्डेन गेटभित्र प्रवेश गर्न दिइने छैन भने नीजि सवारी लिएर जानेले ५ देखि १० मिनेटभित्र यात्रु छाडेर सिधै फर्किनुपर्नेछ ।


हेर्नुहोस् विस्तृतमाः



प्रकाशित : भाद्र १२, २०७५ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?