कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बिदा अटेरी गरेको भन्दै राष्ट्र बैंकको जनकपुर कार्यालयमा मन्त्रीको ताल्चा

अजित तिवारी

जनकपुर — प्रदेश सरकारले दिएको सार्वजनिक बिदा निर्णय अटेरी गरेको भन्दै नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयमा आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवले ताल्चा लगाइदिएका छन् । 

बिदा अटेरी गरेको भन्दै राष्ट्र बैंकको जनकपुर कार्यालयमा मन्त्रीको ताल्चा

प्रदेश २ को सरकारले आइतवार रक्षा बन्धनको अवसरमा सार्वजनिक विदा घोषणा गरेको थियो ।


प्रदेश सरकारको बिदा अटेरी गर्ने सरकारी कार्यालय र बैंकको अनुगमनमा निस्केका मन्त्री यादवले धेरैबेरको वार्तापछि पनि राष्ट्र बैंक बन्द गर्न नमानेपछि बैंकको मुख्य गेटमा ताल्चा लगाइदिएका हुन्छ । मन्त्री यादव आफ्ना अंगरक्षकसहित राष्ट्र बैंक पुगेका थिए ।


प्रदेश सरकारको निर्णय मानेर बैंकमा पनि बिदा दिन उनले सुरुमा आग्रह गरेका थिए । तर, राष्ट्र बैंकले बन्द गर्ने वा नगर्ने विषयमा राष्ट्र बैंकको मुख्यालयमा लिखित जानकारी नआएसम्म केही गर्न नसकिने बताएपछि मन्त्री यादवले राष्ट्र बैंकको गेटमा ताल्चा लगाइदिएका हुन् ।




प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षा बन्धन तथा जनै पूर्णिमाको बिदा घोषणा गरेपनि संघीय सरकार मातहतका कार्यालयले केन्द्रीय सरकारले विदा नदिएको भन्दै विदा दिन मानेका थिएनन् । विदाको अनुगमन गर्न प्रदेश सरकारका मन्त्री आफैं निस्केका हुन् ।

संविधानले प्रदेश सरकारलाई बिदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले विदा दिन नमानेपछि बाध्य भएर ताला लगाउनु परेको मन्त्री यादवले बताए ।

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले रक्षा बन्धनको दिन आइतबार सार्वजनिक बिदाको घोषणा गरेपछि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रलयले शनिबार अपरान्ह सार्वजनिक अपिल निकालेर बिदा मान्न सबै सरकारी कार्यालय, बैंक, संस्थान, निजी क्षेत्रलाई आग्रह गरेको थियो ।

मुस्लिमहरुको पर्व कुर्वानीका दिन पनि प्रदेश सरकारले दिएको बिदा सरकारी कार्यालयहरुले अटेरी गरेको थियो ।

प्रकाशित : भाद्र १०, २०७५ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?